coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमाले राष्ट्रिय सहमतीबाट भागेको सांसद पौडेलको आरोप

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले नेकपा (एमाले) राष्ट्रिय सहमतीबाट भागेको आरोप लगाएका छन्।

जनमत सबै दललाई मिलेर जाने भएपनि एमाले सो सहमती विपरित अघि बढिरहेको उनको जिकीर थियो।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले जनमत अनुसार राष्ट्रिय सहमतीको कुरा गर्दा एमाले किन भागेको भनि प्रश्न समेत गरे। सांसद पौडेलले सहमतीको आधारमा मुलुकलाई अघि बढाउन संसदमा सबैभन्दा ठूलो पार्टी काँग्रेसलाईसँगै लिएर जाने प्रधानमन्त्री दाहालको प्रस्ताव स्वभाविक भएपनि एमालेले त्यसलाई लत्याएको बताए।

उनले राष्ट्रपति, उपराष्ट्रपतिजस्तो पदलाई दलीयकरण गरेर एमालेले मुलुकलाई सहमतीमै अघि बढाउने बाटो रोक्न खोजेको आरोप लगाए। त्यस अवसरमा उनले संसद विघटन गर्न नहुने सर्वोच्च अदालतको फैसलालाई नमान्ने काम एमालेबाट फेरी आएपछि आफूहरुले सो पार्टीसँगको गठबन्धन छोडने अवस्था आएको पनि दोहो¥याए।  

सांसद पौडेलले भने, ‘तर नेकपा (एमाले)सँग मेरो अनुरोध छ–नेपाली काँग्रेस भन्ने पार्टी पनि यो सदनको पहिलो पार्टी हो भन्ने कुरा तपाईहरुले धराहराबाट हेर्नु पर्छ कि सगरमाथाबाट हेर्नु पर्छ ? दोस्रो दललाई सहमती चाहियो। पहिलो दललाई समेत सहमती गरेर जाउँ भन्ने प्रधानमन्त्रीको कुरा गल्ती थियो? इतिहासको कठघरामा उभिएर हामी जवाफ दिन तयार छौं। र, सहमती देशका उपस्थति कतिपय चुनौतिहरुलाई भविष्यमा अगाडि बढनका लागि खोजिनु नै हो। सहमती विगयतका विगतका कुराहरुको पुनरावृत्ति गरेर सहमतीको आवश्यक्ता थिएन, हुँदैन। इतिहासको सम्मान गर्ने हो। रक्षा गर्ने हो राम्रो इतिहासको। तर गल्ती भएका कुरालाई सच्याएर अघि बढने हो। हाम्रो संविधानले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई शक्ति सन्तुलनको सिद्धान्त अनुसार सन्तुलनमा राख्ने गरी अधिकार विनियोजन गरेको छ। त्यसै अनुरुप विगतमा दुई दुई पटक यो सम्मानित सदन विघटन भयो। कसका कारणले विघटन भयो? कहाँ लेखिएको छ, कुन धारामा लेखिएको छ? जवाफ दिन सक्नु हुन्छ? हो, त्यही कुरा सर्वोच्च अदालतले करेक्सन ग¥यो। सच्याई दियो। गल्ती भयो भनेर। अनि साथीहरु, माननीयज्यूहरु यहाँ आएर भन्नु हुन्छ–मैले त बहादुरी गरेँ। मैले रामो गरेँ। त्यसका निम्ति लाहाछाप लगाउनुका लागि पछि बनेको निर्वाचनबाट आएको सदनले त्यही कुरालाई सदर गर्नका लागि यो प्रतिनिधिसभा पछि निर्वाचनबाट आएको हो र? यो त अब आगामी काम गर्नका लागि होला नि। त्यसकारण मैले धेरै कुरा भन्न चाहन्न।’

सांसद पौडेलले मुलुकलाई अघि बढाउन, आर्थिक संकटबाट जोगाउन पनि दलहरुबीच मिलेर अघि बढनुको विकल्प नरहेको बताए।  

प्रकाशित: ६ चैत्र २०७९ ०९:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App