राष्ट्रपति रामचन्द्र पौडेल कारगेट नलिई काठमाडौंको बसन्तपुरस्थित कुमारी घरमा पुगेका छन।
राष्ट्रपति पौडेलले आज अपरान्ह पहिलो पटक कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका हुन।
कारगेटविनानै उहाँले त्यहाँ पुगेर कुमारीको दर्शन गर्नु भयो । त्यसक्रममा सर्वसाधारणको सवारीलाई सुरक्षाकर्मीहरुले रोक्ने काम गरेका थिएनन्। राष्ट्रपतिको कारगेटसहितको सुरक्षाका कारण सडकमा सर्वसाधारणले सास्ती व्यहोर्नु परिरहेका बेला नवनिर्वाचित राष्ट्रपति पौडेल कारगेट विना नै सवार भएका हुन।राष्ट्रपतिमा निर्वाचित भएपछि पशुपतिनाथको दर्शन गर्न जाँदा सडक जाम भई उनको आलोचना गरिएको थियो । उनी गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएको छन।









प्रकाशित: ४ चैत्र २०७९ १७:४० शनिबार