४ वैशाख २०८१ मंगलबार
राजनीति

नेपालमा पर्यटन नीति नै छैनः पर्यटनमन्त्री किराँती

नेपालमा पर्यटन नीति नै नभएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले बताएका छन्।

आज काठमाडौंमा आयोजित नेपाल थामी समाजको छैठौं राष्ट्रिय महाधिवेशनमा बोल्दै मन्त्री किरातीले मुलुकमा संस्कृति र पर्यटनसम्बन्धि नीति नै नभएको स्विकार गरेका हुन । उनले अवको नेपालको पर्यटन नेपालीपनको हुने घोषणा समेत गरे। रैथाने स्वाद र संस्कृतिसहितको अवको पर्यटन हुनुपर्ने उनको  भनाई थियो। मन्त्री किराँतीले नेपालमा पर्यटनका लागि अथाह सम्भावना भएपनि त्यसको परिचालन गर्ने नीतिहरुकै अभाव देखिएको बताए । उनले मुलुकको पर्यटन व्यवसायलाई अघि बढाउनका लागि सा ेसम्बन्धि अध्ययन, अनुसन्धान हुनुपर्नेमा पनि जोड दिए।  

मन्त्री किराँतीले अन्य देशका कल्चर सेन्टरहरु नेपालमा भएपनि नेपालले भने सो काम नगरेकाले यहाँका संस्कृतिहरु लोप हुने अवस्था पुगेको बताए । उनले नेपालीपनको विकास गरेर मात्रै नेपालले पर्यटनको क्षेत्रमा उल्लेख्य प्रगति गर्न सक्ने दोहोर्‍याए।

प्रकाशित: ४ चैत्र २०७९ ११:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App