१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा त्रिचन्द्रमा प्रहरी र विद्यार्थीबीच झडप

तस्विर प्रसुन गुरुङ

काठमाडौको त्रिचन्द्र क्याम्पस परिसरमा प्रहरी र विद्यार्थीबीच झडप भएको छ।  

अनेरास्ववियुले निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएपछि  नेपाल विद्यार्थीसंघ नेविसंघका विद्यार्थीले आन्दोलन गरेपछि भिड नियन्त्रण गर्ने क्रममा विद्यार्थी र प्रहरी विच झडप भएको हो।

नेविसंका एक विद्यार्थीका अनुसार मनोनयन पत्र वितरण भई रहेको अवस्थामा निर्वाचन अधिकृतलाई भगाएको र तालाबन्दी गरेको भन्दै आन्दोलन भइरहेको ठाउँमा प्रहरी आएर विद्यार्थीलाई लाठि चार्च गरी केहीलाई घाईत बनाएको बताएका छन । 

विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन  भोलि हुँदैछ । भोलि  देश भरीका क्याम्पसमा विहान ८ बजे देखि दिउँसो ४ बजेसम्म स्ववियु निर्वाचनको मतदान हुँदैछ।निर्वाचन देशभरिका त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ ।

प्रत्येक दुई/दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन । २०६५ साल चैत ६ गतेपछि एकैपटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो।

प्रकाशित: ४ चैत्र २०७९ ०७:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App