८ वैशाख २०८१ शनिबार
राजनीति

कानूनी जटिलता विकासको अवरोध बनेको छ: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जटिल र झन्झटिलो कानूनी प्रक्रियाका कारण जनताले सजिलै न्याय पाउन नसकेको बताएका छन्।

नेपाल ल क्याम्पसको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० ले आज यहाँ आयोजना गरेको ‘कानूनका विद्यार्थीसँग केपी ओली’ कार्यक्रममा अध्यक्ष ओलीले नागरिकको न्यायमा सहज पहुँचका लागि कानूनी जटिलताहरू हटाउनपर्ने बताएका हुन्।

कार्यक्रममा विद्यार्थीसँगको अन्तरक्रियामा उनले भने, 'आजको विश्वमा हरेक क्षेत्रमा नियम कानूनले चल्छ र चल्नपर्छ। तर नियम कानूनको यति जञ्जाल बनेको छ कि त्यो पार गरिसक्दासम्म काम गर्ने समय सकिन्छ। प्रशासनिक ढिलासुस्ती पनि कानूनी प्रक्रियाका कारणले भैरहेको छ। कतिपय कानून र कानूनी प्रक्रियाले विकासका काममा अवरोध पुर्याएको छ।'

उनका अनुसार कानूनको सहज कार्यान्वयनको परिस्थिति हुनुपर्छ। 'कानूनको उपयोगिता र सहज कार्यान्वयन दुवै हुनपर्छ। अन्यथा कानूनी प्रक्रियाको जटिलताले समाजको अग्रगमन, प्रगति, विकास, सुशासन र न्याय प्राप्तिलाई अप्ठ्यारोमा पार्छ', उनले भने।  

प्रकाशित: २ चैत्र २०७९ १३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App