coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

करिब डेढ दर्जन क्याम्पस रहेको सर्लाहीमा जम्मा तिनओटामा स्ववियु निर्वाचन हुँदै

सर्लाही जिल्लाको उत्तर भेगका केही क्याम्पसमा स्ववियु निर्वाचनको चहलपहल बढे पनि बाँकी क्याम्पसमा भने कुनै उत्साह देखिएको छैन। सर्लाहीमा रहेका करिब डेढ दर्जन क्याम्पसमध्ये जम्मा तिनओटामा निर्धारित चैत तिनमा स्ववियु निर्वाचन भइरहेको छ।

स्ववियु निर्वाचन भइरहेका क्याम्पसहरुमा भने चुनावको चहलपहल निकै बढेको छ। विद्यार्थी संगठनहरुको चुनावी गतिविधि उत्कर्षमा पुगेको देखिएको छ तर चुनाव नहुने दर्जनभन्दा बढी क्याम्पसहरु भने सुनसान देखिएका छन्।

जिल्ला सदरमुकाम मलंगवामा रहेको सर्लाही क्याम्पस, सुखेपोखरीमा रहेको चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस र लालबन्दीमा रहेको जनज्योति बहुमुखी क्याम्पसमा चैत ५ मा स्ववियु निर्वाचन हुँदैछ। स्ववियु निर्वाचनको लागि क्याम्पसहरुले पनि सम्पूर्ण तयारी गरिसकेको छ भने क्रियाशील विद्यार्थी संगठनहरुले स्ववियु सभापतिको लागि प्रयास गरिरहेका छन्।

विभिन्न विद्यार्थी संगठनहरु विद्यार्थीमाझ विद्यार्थीको मुद्दा लिएर गइरहेका छन्। विद्यार्थीलाई चुनाव लागिसकेको छ। विद्यार्थीको चुनावमा स्थानीय राजनीतिकर्मीको पनि ठूलो चासो देखिएको विद्यार्थीहरुले बताइरहेका छन्।

सर्लाहीमा निकै कम क्याम्पसमा स्ववियु निर्वाचन भइरहेको भए पनि क्याम्पसमा चुनाव लक्षित सुरक्षा व्यवस्थापन गरिएको सुरक्षा स्रोतको भनाइ छ। चुनावको दिन शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न गराउन आवश्यक पर्ने सुरक्षा व्यवस्था गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन्।

चुनावको विषयलाई लिएर विद्यार्थी संगठनबिच कुनै तनावको वातावरण नहोओस् भनेर पनि सुरक्षाको चासो रहेको छ। विद्यार्थी संगठनहरुले पनि संयमतापूर्वक चुनावको प्रचार गर्ने सहमति जनाइसकेका छन्। 

प्रकाशित: २९ फाल्गुन २०७९ १३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App