२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नेविसंघ काठमाडौंको अध्यक्षमा डङ्गोल

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ(नेविसंघ)ले काठमाडौँ जिल्लाको अध्यक्षमा मनिष डङ्गोललाई जिम्मेवारी दिएको छ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले आगामी तीन महिनाभित्र नेविसङ्घको जिल्ला अधिवेशन सम्पन्न गर्न शनिबार डङ्गोललाई जिम्मेवारी प्रदान गरेका हुन्। डङ्गोल काठमाडौँ महानगरपालिका–२६ सामाखुशीका स्थायी बासिन्दा हुन्।

अध्यक्ष शेर्पाले नेविसंघ काठमाडौँको रिक्त अध्यक्ष पदमा संघको विधान २०२७ को छैटौं संशोधन २०७५ बमोजिम तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी डङ्गोललाई अध्यक्षको जिम्मेवारी दिएका हुन्। नेविसंघको विधि, विधान र मर्यादाभित्र रहेर संघलाई गतिशील बनाउने विश्वास संघले लिएको छ। रासस

प्रकाशित: २८ फाल्गुन २०७९ ०३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App