१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

स्ववियु निर्वाचनलाई मर्यादित र निष्पक्ष बनाउन अनुरोध

विभिन्न विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष ढङ्गले सम्पन्न गर्ने वातावरण निर्माण गर्न सरकार समक्ष अनुरोध गरेका छन्।

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अखिल (क्रान्तिकारी) र अनेरास्ववियुले आज विज्ञप्ति जारी गरी शान्तिपूर्ण निर्वाचनको लागि सरकार, सम्बन्धित विश्वविद्यालय तथा क्याम्पस प्रशासनसँग आग्रह गरेका हुन्। उक्त कार्यमा आफूहरू प्रतिबद्ध रहेको ती सङ्गठनको भनाइ छ।

आसन्न स्ववियु निर्वाचनमा नेविसङ्घ, अखिल (क्रान्तिकारी) र अनेरास्ववियु गरी तीन विद्यार्थी सङ्गठनबीच तालमेल गरेर जाने सहमति पनि भएको छ। ती सङ्गठनले सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय अन्तर्गत काठमाडौँ उपत्यका र उपत्यका बाहिर समेतका क्याम्पसमा तालमेल गरेर जाने सहमति भएको विज्ञप्तिमा उल्लेख छ। सहमति अनुसार सबै सङ्गठनको मातहतका कमिटीहरुले कार्यान्वयन गर्नु गराउनु हुन निर्देशन गरिएको छ।

प्रकाशित: २७ फाल्गुन २०७९ १३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App