२ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमालेले उपराष्ट्रपतिमा महिला उम्मेदवार उठाउने

नेकपा एमालेले उपराष्ट्रपतिमा महिला उम्मेदवार उठाउने तयारी गर्ने भएको छ।

उपराष्ट्रपतिको उम्मेदवार नाम टुंगो लगाउन एमालेले भोलि बिहान सचिवालय बैठक बोलाएको छ। राष्ट्रपतिमा पुरुष उम्मेदवार विजयी भएकाले एमालले संबैधानीक व्यवस्था अनुसार महिला उम्मेदवारलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन लागेको बताईएको छ।

 एमालेले उपराष्ट्रपतिको उम्मेदवारमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उठाउने सम्भावना रहेको बताईन्छ ।

यसैगरी सत्ता गठबन्धनमा उपराष्ट्रपतिमा तीन जनाको दाबी परेको छ। गठबन्धनबाट जनता समाजवादी पार्टीलाई उपराष्ट्रपति दिने सहमति भएको भनिएपछि जसपासहित तीन दलले उम्मेदवार तय गरेका छन् ।

जसपाले बिहीबार नै पार्टी संसदीय दलका नेता रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। तर, आज नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले पनि उपराष्ट्रपतिमा आआफ्नो उम्मेदवार अघि सार्ने निर्णय गरेका छन्।

नागरिक  उन्मुक्ति पार्टीले उपराष्ट्रपतिमा अगाडि सार्ने भनेर निर्णय गरेका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको उमेरको कारणले सम्भव भएन। तर, जनमतले ममता झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यद्यपी मनोनय दर्ता गर्न अघि नै सतागठबन्धनमा  दलहरुले उपराष्ट्रपतिमा साझा उम्मेदवार तय गर्ने छलफल भईरहेको जानकारी दिएका छन।  

प्रकाशित: २६ फाल्गुन २०७९ १६:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App