१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रम दाहालको मुद्दा न्यायाधीश ईश्वर खतिवडाको इजलासमा, हेर्न भ्याइने सम्भावना न्यून

फाइल तस्वीर

प्रधानमन्त्री पुष्पकमल दाहालविरूद्धको रिटमा आज न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको छ।

बिहिबार चौथो र पाँचौ नम्बरमा रहेका उक्त मुद्धा आज भने न्यायाधीश खतिवडाको इजलासमा ११ औं र १२ औं नम्बरमा परेको छ। आज पनि रिटमाथी सुनुवाई हुने सम्भावना भने अत्यन्त न्यून छ। सूचीको पहिलो नम्बरमा भएकोले पहिलो प्राथमिकता पाउने भएकोले ११ औं र १२ औं नम्बरमा रहेको रिटको सुनुवाई हेर्न नभ्याइनेमा पर्ने सम्भावना छ।  बिहीबार हुने भनिएको सुनुवार्इ पनि समय अभाव भन्दै हेर्न नभ्याइने सूचीमा थियो।  ्

दाहालविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले दायर छुट्टाछुट्टै रिट दायर गरेका थिए। उनीहरूले दाहालले २०७६ साल माघ १ गते काठमाडौंको खुलामञ्चमा गरेको भाषणलाई आधार बनाएर रिट निवेदन दर्ता गरेका हुन्। त्यसबेला दाहालले द्वन्द्वकालमा मारिएकामध्ये ५ हजार व्यक्तिको जिम्मा आफूले लिने बताएका थिए। दाहालले व्यक्ति हत्याको जिम्मा लिन्छु भन्नु विधिको विडम्बना भएको रिट निवेदनमा उल्लेख छ।

प्रकाशित: २६ फाल्गुन २०७९ ०६:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App