१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी लागेको छ: नेम्वाङ

फाइल तस्बिर।

राष्ट्रपति पदका प्रतिस्पर्धी नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले लोकतन्त्रमा विश्वास गर्नेले प्रतिस्पर्धामा विश्वास गर्नुपर्ने बताएका छन्।

उनले निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा आफूलाइ खुसी लागेको बताउँदै यसलाई लोकतन्त्रको महत्त्वपूर्ण कडीका रूपमा सम्झने बताए।

जनताले हाम्रै परिवारको व्यक्ति राष्ट्रपति भएको छ भन्ने अनुभूति गर्न पाउनुपर्छ भन्नेमा जोड दिँदै संविधानसभाका अध्यक्ष नेम्वाङले संविधान र कानूनबमोजिम राष्ट्रपतिको भूमिका सफलतापूर्वक सम्हाल्न सुझाव दिए। उनले भने, 'मेरो तर्फबाट मित्र रामचन्द्रजीलाई पूरै साथ, सहयोग र समर्थन रहने छ भन्ने विश्वास दिलाउन चाहन्छु।'

प्रकाशित: २५ फाल्गुन २०७९ १४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App