८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

काठमाडौंका मेयर शाह र चिनियाँ राजदुतबिच भेटवार्ता

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र चिनियाँ राजदुत सेन सङ बिच भेटवार्ता भएको छ। भेटका लागि राजदूत सङ प्रमुख शाहको कार्यकक्षमा आएका थिए।

भेटमा एक अर्का बिचमा सहयोग र आदान प्रदान गर्ने तथा हाल जारी सहयोगलाई निरन्तरता दिने बिषयमा छलफल भएको काठमाडौं महानगरपालिकाले बताएकाे छ। भेटका क्रममा आपसी सहयोग र दिगो सम्बन्धका विषयमा कुराकानी गर्दै प्रमुख शाहले काठमाडौँका सम्पदाहरुको निर्माण शैली चीनका सहरहरुमा प्रवर्धन गर्न चाहेको बताए। यस्तै राजदूत सङले आफूले नेपाललाई बलियो र समृद्ध भएको हेर्न चाहेको बताएका थिए।

कुराकानीमा विद्युतीय सवारी साधनको प्रयोग, विद्युतीय सवारी साधन सञ्चालनका लागि चाहिने चार्जिङ् स्टेशनलगायत सहरी व्यवस्थापनका विषय थिए।

प्रकाशित: २५ फाल्गुन २०७९ १२:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App