५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रपति निर्वाचनको मतदान सकियो, ४ बजेदेखि मतगणना

राष्ट्रपति निर्वाचनको मतदान सकिएको छ। मतदान सकिएसँगै अब मतगणनाको तयारी भइरहेको छ। मतगणना ४ बजेदेखी सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार कुनै मत पत्रमा स्वस्तिक छाप नलगाइएको भए र सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्नमा अन्यथा गरेको पाइएमा त्यस्ता मत पत्र बदर हुनेछन्।

आजको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका सांसदहरूले मतदान गरेनन्।

संघीय सांसद र प्रदेश सभाका सांसदहरूले खसालेको मत फरक-फरक स्थानमा गणना हुनेछ।

मत गणनामा राष्ट्रपतिका उम्मेदवारका एकरएक जना गणना प्रतिनिधि हुनेछन्। कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको तर्फबाट रमेश लेखक र एमालेका उम्मेदवार सुवास नेम्वाङको तर्फबाट महेश बर्तौला प्रतिनिधि बस्ने टुंगो भएको छ।

राष्ट्रपतिका लागि आठदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा छन्।  

प्रकाशित: २५ फाल्गुन २०७९ ०९:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App