१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

रवि लामिछानेको राहदानी विवादः सर्वोच्चले भन्यो, ‘छानबिनमा रहेकाले थप उल्लेख गरिरहन परेन’

सर्वोच्च अदालतले रवि लामिछाने विरुद्धको मुद्दा फैसलाको पूर्ण पाठ म‌‍गलबार सार्वजनिक गर्दै उनको राहदानी छानबिनमा रहेकाले थप उल्लेख गरिरहन नपर्ने जनाएको छ।

रवि लामिछानेको नागरिकता विवादसँगै राहदानीको विषय पनि छलफलको सतहमा आएको थियो। नागरिकता मुद्दामा सर्वोच्च अदालतमा बहसका क्रममा राहदानीको विषय पनि व्यापक रूपमा उठाइएको थियो।  

लामिछानेले अमेरिकी पासपोर्ट साथमा हुँदाहुँदै नेपालको पुरानै नागरिकताका आधारमा नेपाली राहदानी लिएको विषय उठाइएको थियो। सर्वोच्च अदालतले राहदानीको विषयमा थप उल्लेख गरिरहन नपर्ने उल्लेख गरेको छ।  ‘झुटो विवरण दिई राहदानी वा यात्रा अनुमति लिएको सम्बन्धी प्रावधानका सन्दर्भमा प्रचलित कानुन बमोजिम निरूपण गरिनुपर्ने विषय देखिएको र गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं समेतको जवाफबाट राहदानीको विषय छानबिन भइरहेको भन्ने तथ्यसमेत खुल्न आएको पाइयो,’ फैसलामा लेखिएको छ, ‘रवि लामिछाने प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार भई निर्वाचित भएको सन्दर्भमा निजको नागरिकतासम्बन्धी योग्यतासँग सम्बन्धित रहेको देखिएको तथा राहदानी विषय निर्वाचन क्रममा उम्मेदवारको योग्यतासँग जोडिएको विषय नदेखिएको हुँदा निजले सन् २०१५ मा नेपाली राहदानी लिएको विषयमा अहिले थप उल्लेख गरिरहन परेन।’

प्रकाशित: २४ फाल्गुन २०७९ ०७:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App