१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

दिल्लीमा देउवा–मोदी भेटवार्ता

सभापति देउवा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता गर्दै।

काठमाडौं—नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गरेका छन्। प्रधानमन्त्री कार्यालयमा भएको भेटमा देउवा पत्नी आरजु, भारतीय विदेश सचिव एस जयशंकर तथा नेपाली दूतावासका अधिकारी सहभागी थिए।

करिब ३० मिनेट भएको भेट दुई देशबीचको हितका केन्द्रित रहेको बताइएको छ।

१९ कात्तिकमा भारत भ्रमणमा गएका देउवाले यसअघि इन्डिया फाउन्डेसनले गोवामा गरेको कार्यक्रममा सहभागिता जनाएका थिए।

आइतबार उनले नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा नेहरु मेमोरियल लेक्चर दिएका थिए। सोही दिन सो विश्वविद्यालयले सभापति देउवालाई मानार्थ विद्यावारिधि प्रदान गरेको थियो।

सोमबार उनले भारतका राजनीतिक नेताहरुसँग भेटघाट गरेका थिए। देउवा भोलि बुधबार काठमाडौं फर्किने कार्यक्रम छ।

प्रकाशित: २३ कार्तिक २०७३ ०५:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App