६ वैशाख २०८१ बिहीबार
राजनीति

बहुदलिय व्यवस्था आएकै थियो, के को लागि १७ हजार मारिए: अध्यक्ष ओली

फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी जनयुद्धका कारण मुलुकमा राजतन्त्रको अन्त्य नभएको दाबी गरेका छन्।

२०६५ सालमा राजतन्त्रको अन्त्य भएको तर माओवादीको हिंसात्मक गतिविधि २०६३ सालमै अन्त्य भएकाले उनीहरुकै कारण नेपालमा राजतन्त्र अन्त्य भएको भन्न नमिल्ने उनको तर्क थियो ।  

सुखानीका सहीदहरुको स्मृतिमा आईतबार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो तर्क गरेका हुन।

अध्यक्ष ओलीले भने,  ‘२०५२ सालपछि त राजनीतिक स्वार्थको लागि १७ हजार मान्छे मारिए। नेपालमा भएको के थियो? के प्राप्तिको लागि मारिए? बहुदलीय व्यवस्था आएकै थियो। के को लागि मारिए त भन्दा अनौठो छ। आज गणतन्त्रका लागि भनिन्छ। ०६३ सालको सुरूमा द्वन्द्व र हिंसा समाप्त भयो। ०६३ सालमा वृहत शान्ति सम्झौता भयो कात्तिकमा। ६५ सालमा गएर राजतन्त्र संविधान सभाले हटायो भने जनयुद्धले त हटाएन होला? जनयुद्धबाट कब्जा त गरेको होइन होला त? संविधानसभाकै लागि १७ हजार मान्छे मर्नुपर्छ र ?’

प्रकाशित: २१ फाल्गुन २०७९ ११:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App