काठमाडौं– नेपालका लागि भारतीय राजदूत रञ्जित रायले पर्सि बुधबारबाट हुने भएको भारतीय राष्ट्र«पति प्रणव मुखर्जीको नेपाल भ्रमणले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धमा नयाँ रंग ल्याउने बताएका छन् ।
रिपोर्टर्स क्लबको देउसी–भैलो टोलीसँग कुराकानीमा राजदूत रायले भने, “उहाँको नेपाल भ्रमणसँगै नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धमा नयाँ रंग भरिन्छ, यसको साथै दोस्ती प्रगाढ बन्छ।” उनले भारतीय राष्ट्र«पति मुखर्जीको यो भ्रमणलाई दुवै पक्षले उतिकै महत्व दिएको समेत बताए।
राजदूत रायले पछिल्लो समय नेपाल र भारत दुवै तर्फबाट उच्चस्तरीय द्विपक्षीय भ्रमणहरु भैरहेको भन्दै १८ वर्षपछि हुन गइरहेको भारतीय राष्ट्र«पतिको नेपाल भ्रमणले द्विपक्षीय सामाजिक, साँस्कृतिक र आर्थिक सम्बन्धनलाई अझै मजबुत बनाउने विश्वास दिलाए। उनले अघि भने, ‘पछिल्लो समय दुवै पक्षबाट प्रधानमन्त्रीस्तर र विदेशमन्त्री स्तरबाट द्विपक्षीय भ्रमणहरु भैरहेका छन्, यो अत्यन्तै सकारात्मक कुरा हो।’
उनले राष्ट्र«पति मुखर्जीको नेपाल भ्रमणको तयारी पूरा भैसकेको समेत जनाए । राष्ट्र«पति मुखर्जीको पूर्वनिर्धारित कार्यक्रम यथावत रहेको समेत उनले जनाए । उनले भने, “उहाँ काठमाडौं, जनकपुर र पोखरा जाने कार्यक्रम पनि छ, भ्रमणको सम्पूर्ण तयारी पूरा भैसकेको छ।”
कार्यक्रममा राजदूत रायले सम्पूर्ण नेपालीहरुलाई दिपावलीको शुभकामना समेत दिए । उनले अघि थपे, “सबै नेपालीहरुमा सुख, शान्ति, समृद्धि होस, नेपाल–भारतवीचको निकटता अझै बढोस्, हामीबीचको मित्रता अझै प्रगाढता होस्।”
उनले नेपाल र भारतवीच सामाजिक, साँस्कृतिक र धार्मिक सम्बन्ध रहेको भन्दै आगामी दिनमा द्विपक्षीय सम्बन्ध अझै प्रगाढ हुनुपर्नेमा जोड दिए ।
प्रकाशित: १५ कार्तिक २०७३ ११:४० सोमबार