coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उच्चमा ४२ र जिल्ला अदालतमा ३६ न्यायाधीश पद रिक्त

सर्वोच्च अदालतमा मात्रै होइन, उच्च अदालत पनि मुख्यन्यायाधीश नहुँदा कायममुकायमको भरमा छन्।

सात प्रदेशका उच्च अदालतमध्ये ६ वटामा कामु मुख्यन्यायाधीश छन्। उच्च अदालतअन्तर्गत विभिन्न इजलास छन्। अहिले उच्च अदालत दीपायलमा मात्रै मुख्य न्यायाधीश छन्। अन्य सबै उच्च अदालतमा कामु मुख्यन्यायाधीश छन्।  

उच्चमा मुख्यसहित ४२ जना न्यायाधीशको पद खाली छ। न्याय परिषद्ले लामो समयदेखि न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न सकेको छैन।  

त्यसैगरी देशभरका जिल्ला अदालतमा ३६ जना न्यायाधीशको पद रिक्त छ।  

न्याय परिषद्ले चार महिनाअघि उच्च अदालतका न्यायाधीशहरू केशवराज जोशी, गुणराज ढुंगेल, डिल्लीराज आचार्य, प्रमोदकुमार श्रेष्ठ वैद्य, प्रेमराज कार्की, प्रेमराज ढकाल, भानुभक्त शर्मा न्यौपाने, महेशप्रसाद पुडासैनी, माधवप्रसाद पोखरेल, रत्नबहादुर बागचन्द, रमेशप्रसाद राजभण्डारी, रमेशबहादुर थापा, वीरबहादुर डाँगी, शारंगा सुवेदी, सत्यमोहन जोशी थारुको नाम मुख्य न्यायाधीशका लागि छनौट गरी उजुरी आह्वान गरेको थियो।  

न्यायाधीश नियुक्तिमा ढिलाइ, चलखेल भएको भन्दै समयमै नियुक्तिका लागि कार्यविधिसमेत बनाइएको छ। कार्यविधिअनुसार छनोट गरी नाम सार्वजनिक गरे पनि नियुक्तिमा ढिलाइ भएको हो।

प्रकाशित: १७ फाल्गुन २०७९ ०९:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App