३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

रविन्द्र मिश्र भन्छन्, 'राजसंस्थालाई अभिभावकीय भूमिकामा पुनर्स्थापित गराै‌'

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजसंस्थालाई क्षमा दिएर अभिभावकीय भूमिकामा पुनर्स्थापित नगरे देशमा संकटका बेला साहारा लिने कुनै संस्था बाँकि नरहने दाबी गरेका छन्।

पूर्वराजासँग दोस्रो पटक भेट गरेपछि सामाजिक संजालमा तस्वीर राख्दै  मिश्रले देशको सम्पूर्ण दुखको कारक राजसंस्था र राजा ज्ञानेन्द्र हुन् भनी भाष्य निर्माण गरेर ज्ञानेन्द्रलाई दानविकृत गरेको आरोप लगाए।  उनले ज्ञानेन्द्रमा  ‘निरंकुशता’  नभएर देशको दूरगामी हितका लागि ‘मेलमिलाप’ को भाव रहेको दाबी पनि गरे।  

हेर्नुस् उनको स्टाटसः

करिव दुई महिनापछिको दोस्रो भेट १२ बुँदे सहमतिमा राजतन्त्रको ‘निरंकुशता’ को अंश मात्र हटाउने भनिएको थियो। उनले जनताको चाहना अनुरूप त्यति नै बेला (२०६३ साल वैशाख ११ गते) ‘निरंकुशता’ त्यागिदिए।

अर्को शब्दमा भन्नु पर्दा उनी आफूलाई जनतासामू समर्पण गरिसकेका राजा थिए। भिषण युद्धमा पनि आत्म समर्पण गरेको सेनालाई मारिँदैन। तर विदेशीको खेल र ‘प्रचण्डीकरण’को भेलमा तात्कालिन आठ राजनीतिक दलले समर्पण गरिसकेको राजसंस्थालाई नै मारिदिए।

त्यतिबेला र तत्पश्चात, धेरै मानिसहरूले २०५२ सालमा शुरू भएको माओवादी आन्दोलन, हत्या, हिंसा र त्यसपछि विकशित घटनाक्रममा मूलतः अहिलेका प्रमुख नेता र पार्टीमा निहित चरम स्वार्थपरकता, भ्रष्टता, असक्षमता र देशभक्तिको अभाव जिम्मेवार थियो भन्ने विर्सिए। यस्तो भाष्य बनाइयो कि यो देशको सम्पूर्ण दुखको कारक राजसंस्था र राजा ज्ञानेन्द्र हुन्। उनलाई यसरी दानविकृत गरियो कि त्यो बयान गरि साध्य छैन।

तर राजा ज्ञानेन्द्रमा ती घटनाक्रम र देशको वर्तमान अवस्थाप्रति असन्तुष्टी भए पनि, उनले आफ्नो भद्रता र राजकीय गरिमालाई कहिल्यै कम हुन दिएनन्। मेरो पछिल्ला दुई भेटमा उनमा ‘निरंकुशता’ होइन, यो देशको दूरगामी हितका लागि ‘मेलमिलाप’ को बाहेक मैले अन्य कुनै भाव पाइन।

यो पटकको भेटमा उनले भने, “मैले त विज्ञप्तिमैँ ‘देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरू र राजसंस्था एक ठाऊँमा आउनै पर्छ’ भनेर भनिसकेँ नि।'

जसले जति नै गाली गरोस्, वास्तविकता के हो भने अमेरिका र चिनबीच बढ्दो दरार, भारत र चिनको विश्व शक्तिमा रूपान्तरण, नेपालमा ‘एक गाऊँ, एक चर्च’ को अभियान, जातीयरक्षेत्रीय संवेदनशीलता, पाएसम्म सबैले सबैलाई ‘ढोक्सा’ थापेर फसाउने राजनीतिक प्रवृत्ति र समग्र समाजको चरम नैतिक पतनका कारण देश बढ्दोरूपमा संकटउन्मूख छ।

कमसेकम एउटा संस्था–राजसंस्था–लाई विगतका गल्तीप्रति क्षमा दिएर अभिभावकीय भूमिकामा पुनर्स्थापित नगर्ने हो भने यो देशमा संकटका बेला साहारा लिने कुनै संस्था बाँकि रहने छैन। रिस-राग, अहं, प्रतिशोध, आक्रोश र व्यक्तिगत ‘विचारभन्दा माथि देश’लाई नराख्ने हो भने हाम्रा भावी पुस्ता पाएसम्म या त देशमै बस्ने छैनन् या तिनले देशभित्र धेरै नै दुख पाउनेछन्।

समयमैँ विचार गरौँ। ढिलो गरि आएको चेतना विध्वंशपछि प्राप्त विवेकजस्तै अर्थहीन हुनेछ।

प्रकाशित: १६ फाल्गुन २०७९ ०८:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App