१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

८ दलीय गठबन्धन देशलाई अघि बढाउनका लागि अघि लाग्नेछ : विमलेन्द्र निधि

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसले कोर्स करेक्सन गरेर अघि बढेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित महेन्द्रनारायण निधिको १०१ औं जन्मजयन्तीको कार्यक्रममा उनले कांग्रेसले पहिले गठबन्धनलाई निरन्तरता दिन नसकेपनि राष्ट्रपति निर्वाचनअघि कोर्स करेक्सन गरेको बताएका हुन्।

‘हामी तत्कालीन गठबन्धनले निर्वाचनमा होमिएका थियौं। तर निर्वाचनको नतिजा आइसकेपछि हामीले गठबन्धनलाई निरन्तरता दिन सकेनौं। तर अहिले पुन: नेपाली कांग्रेसले कोर्स करेक्सन गरेर अघि बढेका छौं। यो गठबन्धन अब पुन: देशलाई अघि बढाउनका लागि अघि लाग्नेछ’ उनले भने।

नेता निधिले अहिले बनेको ८ दलीय गठबन्धन लामो समयसम्म जाने बताए।  

प्रकाशित: १३ फाल्गुन २०७९ १३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App