१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक सुरु

नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक सुरु भएको छ। बिहान साढे ८ बजेका लागि बैठक बोलाइको भए पनि नेताहरू ढिला आएपछि भर्खरै सुरु भएको हो। बैठकका लागि पार्टी सभापति शेरबहादुर देउवा आएपछि बैठक सुरु भएको हो। आजको बैठकमा राष्ट्रपतिको उम्मेदवार चयन गर्नेबारे निर्णय हुने छ।  

वरिष्ठ नेता रामचन्द्र पौडेल समयमै पार्टी कार्यालय पुगेका थिए। उनलाइ राष्ट्रपतिको उम्मेदवार बनाउने पार्टीको तयारी छ। पार्टी सभापति शेरबहादुर देउवा दुई महिनापछि पार्टी कार्यलय पुगेका छन्। यसअघि पुस १० सरकार बनाउने विषयमा पार्टी कार्यालयमा छलफल भएको थियो। तर पहिलो खेपको प्रधानमन्त्री पुष्पकमल दाहाललाई नदिँदा चुनावअघिको गठबन्धन टुटेको थियो। देउवाले पहिलो खेपमा प्रधानमन्त्री नदिएपछि दाहाल एमालेको सहयोगमा नयाँ समिकरण बनाएर सरकारको नेतृत्व गरेका थिए।

तर प्रधानमन्त्री दाहालले पुनः सत्ता गठबन्धन फुटाउँदै नयाँ आठ दलीय गठबन्धन बनाएका छन्। जसको हिजोको बैठकले राष्ट्रपतिमा कांग्रसलाई सघाउने निर्णय गरिसकेको छ। 

प्रकाशित: १३ फाल्गुन २०७९ ०४:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App