२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सेरेमोनियल राष्ट्रपतिलाई कार्यकारी जस्तो गरेर छलफल गर्नु दुखद्: सांसद शर्मा

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले राष्ट्रपति चयनका लागि दलहरुबीच भईरहेको छलफलप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

पूर्वअर्थमन्त्री समेत रहनु भएका उपमहासचिव शर्माले सेरेमोनियल राष्ट्रपतिलाई कार्यकारी जस्तो गरेर छलफल अघि बढाउनु दुखद् भएको समेत बताए।

शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राष्ट्रिय सहमतीकै आधारमा राष्ट्रपति चयन गर्नुपर्ने अडान समेत राखे। जनताले तानातानका लागि नभई सहकार्यका साथ मुलुकलाई अघि बढाउने गरी मत दिएको उल्लेख गर्दै उनले सोही मतको सम्मान गर्दै सहमतीको आधारमा राष्ट्रपति चयन गर्ने काममा एकतावद्ध हुन सरकार, सबै राजनीतिक दल र सांसदहरुलाई आग्रह समेत गरे।

उपमहासचिव शर्माले राजनीतिक दलहरुले राष्ट्रिय सहमतीका साथ उत्पादन वृद्धि, रोजगारीको अवसर सृजना गरी मुलुकलाई समृद्ध बनाउने महाअभियानमा जुट्नुपर्ने पनि बताए।  

प्रकाशित: १२ फाल्गुन २०७९ ०९:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App