१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

सिंहदरबारभित्र सर्वसाधारणलाई सहज प्रवेशका लागि रुलिङ गर्न माग

फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सिंहदरबारभित्र आम सर्वसाधारणलाई सहज भित्र छिर्न पाउनुपर्ने भन्दै सभामुखसँग रुलिङ माग गरेका छन्।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद ज्वालाले सो माग गरेका हुन्। उनले सांसदहरु र उनीहरुका आफन्तहरु मात्रै छिर्न पाउने व्यवस्थाको अन्त्य गरी सेवा लिन मन्त्रालय धाउने सबै सर्वसधारणहरुलाई सिंहदरबार छिर्न पाउने व्यवस्था गर्न माग गरे।

उनले, ‘हामीले संहदरबारको दक्षिण गेट हेर्नसक्छौँ, हामी सांसदहरु, मन्त्रीहरु त्यहीँबाट ओहोरदोहोर गर्छौं, जनताहरु बाहिर हुन्छन्, चिनेजानेको बाहेकले सिंहदरबार छिर्न पाउँदैन, मन्त्रालयहरु सिंहदरबारभित्र र सर्वसाधारण बाहिर हुन्छन्, यस्तो अवस्थाको अन्त्य हुनुपर्छ। जनतालाई प्रताडित गर्नु हुँदैन। सभामुखले आजै रुलिङ गर्नुपर्छ कि सिंहदरबार भित्र जनतालाई सहज प्रवेश गर्ने वातावरण हुनुपर्छ।’

प्रकाशित: १२ फाल्गुन २०७९ ०८:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App