३१ भाद्र २०८१ सोमबार
image/svg+xml
राजनीति

एमालेकाे ‘मिसन ग्रासरुट’ अभियान अर्घाखाँचीमा शुभारम्भ

नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीद्वारा आयोजित मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान)–२०७९ अभिमूखिकरण कार्यक्रम सन्धिखर्कमा सुरु भएको छ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाको प्रमुख आतिथ्यतामा सन्धिखर्कस्थित संगम फुडल्याण्डमा कार्यक्रम सुरु भएको पार्टीका जिल्ला अध्यक्ष पिताम्बर भुसालले जानकारी दिए। केन्द्रीय सदस्य तथा प्रदेशसभा सांसद दिनेश पन्थी, पोलिटब्युरो सदस्य विमला घिमिरे, प्रदेश कमिटी सचिवालय सदस्य रामजी प्रसाद घिमिरे, जिल्ला अध्यक्ष भुसाल, उपाध्यक्ष ईश्वरी पोख्रेल, केन्द्रिय सचिव टोपबहादुर रायमाझी लगायत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको छ।  

संगठन विस्तार र पार्टी सुदृढिकरण गर्ने उद्देश्यले देशैभर कार्यक्रमको आयोजना गरिएको छ। अर्घाखाँचीका ६ स्थानीय तह मध्ये मालारानी गाउँपालिका र भुमिकास्थान नगरपालिकामा सूर्य थापाको नेतृत्वमा कार्यक्रम हुनेछ। छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकामा दिनेश पन्थी तथा सन्धिखर्क नगरपालिका र शितगंगा नगरपालिकामा विमला घिमिरेको नेतृत्वमा कार्यक्रम गरिने नेकपा एमाले अर्घाखाँचीले जनाएको छ।

दुईमहिने अभियानका लागि एमालेको केन्द्रीय सचिवालयले सबै केन्द्रीय नेतालाई ६ हजार सात सय ४३ वटा वडाका टोलसम्म पुगेर संगठन विस्तार गर्ने कार्यादेश दिएको छ । एमालेका केन्द्रीय सदस्य सात सय ५३ पालिकामा केन्द्रित भएका छन्। दुई महिनासम्म वडा हुँदै टोलसम्मको कमिटी गठन–पुनर्गठन र संगठन विस्तारका लागि खटाइएको एमालेले जनाएको छ ।

प्रकाशित: ९ फाल्गुन २०७९ ०७:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App