२ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

ठूला पार्टी भित्रका २० नेतामध्ये ५ विदेशी एजेन्ट: विजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले ठूला राजनीतिक दलहरुभित्रका नेताहरु २० मा ५ जना विदेशी एजेन्ट भएको दावी गरेका छन्। ती पार्टीका केन्द्रिय सदस्यहरुमध्ये यो अनुपातमा विदेशी एजेन्ट भएको उनले दावी गरे।

यही कारण नेपाली नेताहरुले चुनाव अगाडि दिने वाचाहरु झुठा सावित हुने गरेको उनले बताए। ठूला राजनीतिक दलहरु विदेशीको इशारामा चल्नुपर्ने भएकाले चुनावमा वाचा गरेका विषयवस्तुहरु विदेशीले पूरा गर्न नदिने गरेको उनले बताए।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माविको २३ औं, ख्वप कलेजको २१ औं र शारदा क्याम्पसको ३२ औं वार्षिक उत्सव तथा ख्वप कलेज अफ ल स्थापना एवं सञ्चालनको अवसरमा बुधबार आयोजित वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोहको उदघाटन गर्दै विजुक्छेंले यही कारण देश विदेशी इशारामा चल्ने गरेको दावी गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीको उदय अस्वभाविक नभएको पनि उनले बताए। स्वभाविक रुपमा योजना अनुसार यो शक्ति चुनावमा उदय भएको उनको भनाइ छ। योजना अनुसार विदेशी डलरको सहयोगमा यो शक्तिको उदय भएको उनले बताए।

नेपालमा कुनै पनि दिन सर्वसाधारणको लागि अप्रत्याशित लाग्ने घटना दुर्घटना हुनसक्नेतर्फ उनले सचेत गराए।  

प्रकाशित: ३ फाल्गुन २०७९ ११:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App