१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

नेपाली काँग्रेसको राष्ट्रपति हुन आवश्यक छः प्रवक्ता डा. महत

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति कांग्रेसको हुनुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधानको रक्षाका लागि कांग्रेसको उम्मेदवार राष्ट्रपति बन्नु आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘हामीले सबै दललाई काँग्रेसको उम्मेदवारलाई सहयोग गर्न आह्वान गरेका छौँ। सकारात्मक प्रतिक्रियाहरू आएका छन्।’ कांग्रेसको राष्ट्रपति बन्ने परिस्थिति निर्माण हुँदा नयाँ परिदृश्य पनि बन्न सक्ने उनको भनाइ थियो।

नेपालको आर्थिक, सामाजिक रुपान्तरण, सुशासन, विकास, समृद्धिका लागि र देशको मजबुतीका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेको उनले बताए। प्रवक्ता डा. महतले थपे, ‘ढिलो चाँडो अन्य पार्टीहरूले पनि महसुस गर्नेछन् भन्ने हामीलाई लागेको छ।’

काँग्रेसको ध्यान अहिले राष्ट्रपतिको निर्वाचनतर्फ भएकाले अहिले नै सरकारमा जाने भन्ने स्थितिमा नरहेको उनले स्पष्ट पारे। कांग्रेस कानुनी शासनमा विश्वास गर्ने, लोकतन्त्रका लागि लगातार लड्ने पार्टी सबैभन्दा बढी विचार र सुशासनप्रति प्रतिबद्ध पार्टी भएको उहाँको भनाइ थियो।

फरक प्रसङ्गमा प्रवक्ता डा महतले अहिलेको गठबन्धन महत्वकाङ्क्षाको पराकाष्ठा र परिपूर्तिका लागि टिप्पणी गरे। उनले भने, ‘राजा चाहिन्छ भन्ने पनि छन्। चाहिँदैन भन्ने पनि छन्। यसले के अर्थ दिन्छ?

प्रकाशित: २७ माघ २०७९ ०६:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App