राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रधानमन्त्रीको उम्मेदवार बनेका बालेन्द्र साहले शुक्रबार मध्यान्ह पद तथा गोपनीयताको सपथ लिने भएका छन्।
प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका वरिष्ठ नेता साहको सपथग्रहणको साइत शुक्रबार दिउँसो १२ बजेर ३४ मिनेटमा तय भएकाे छ ।
सपथग्रहण ७ जना ब्राह्मणले शंखनाद गर्दै १०८ जना बटुकले स्वस्ति वाचन गर्ने र १०७ जना बौद्ध लामा गुरुहरूबाट मंगल वाचन गराउँदै धार्मिक तथा सांस्कृतिक रूपमा सपथ लिने तयारी गरिएको बताइएको छ।
प्रकाशित: ११ चैत्र २०८२ १३:२९ बुधबार





