coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

रास्वपा सभापति रवि लामिछानेले प्रयोग गरेको तत्कालिन राहदानीबारे छानबिन सुरु

सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राहदानी विभागमा बुझाएको पासपोर्टकारे छानबिन सुरु गरेको छ। निस्क्रिय नागरिकता प्रयोग गरेर लिएको नेपाली पासपोर्ट दुरुपयोग सम्बन्धमा परेको उजुरी माथि कार्यालय छानबिन सुरु गरको हो।

सरकारी वकील कार्यालयले सभापति लामिछानेविरुद्ध २४ गते मंगलबार परेको जाहेरीमा छानबिन गर्न लागेको हो।

‘नागरिकता, राहदानी र विदेश भ्रमणबारे छानविन गर्न कागजात मगाइएको हो’, काठमाडाैं जिल्ला सरकारी वकिल कार्यालय प्रमुख अच्युत मणि न्यौपानेले नागरिक न्यूजसँग भने।

उनका अनुसार कार्यालयले जिल्ला प्रशासन कार्यालय काठमाडौ, राहदानी विभाग त्रिपुरेश्वर र अध्यागमन विभाग कालिकास्थानलाई कागजातहरु पठाइदिने व्यहोरासहित पत्राचार गरिएको  छ।

सभापति लामिछाने विरुद्घ युवराज पौडेल (सफल)ले नै राहदानी दुरुपयोग गरेको जाहेरी दिएका हुन्। उनले यसअघि पनि लामिछानेको नागरिकता विवादबारे सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए। जिल्ला प्रहरी परिसर, काठमाडौंले लामिछाने विरुद्ध जाहेरी दर्ता लिन नमानेपछि सफलले सरकारी वकिलको कार्यालय, काठमाडौंमा जाहेरी दिएका हुन्।

वकिलले सफलले दिएको जाहेरीका आधारमा उल्लेखित निकायहरुसँग कागजात र थप विवरण मागेको हो।

नागरिकतासम्बन्धि विवादमा परेको रिटमा सर्वोच्चले रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता दिने प्रक्रियानै सुरु नगरेको र लामिछानेसँग नेपाल नागरिकता नभएको फैसला सुनाएको थियो।  

सर्वोच्चको फैसलासँगै उनको पार्टी सभापति, सांसद र उप्रधान तथा गृहमन्त्रीको पद खारेज भएको थियो। यसपछि लामिछानेले काठमाडौ जिल्ला प्रशासन कार्यालबाट नागरिकता कायम गराएपछि पार्टी सभापतिमा बहाली त भए तर उनको सांसद र मन्त्रीको पदमा बस्न पाएनन्।  

आफु मन्त्रीको पदमा बस्न नपाएपछि उनले आफ्नो पार्टीलाई नै सरकारबाट बाहिर ल्याएका छन्। तर सरकारप्रतिको समर्थन यथावत राखेका छन्।

प्रकाशित: २६ माघ २०७९ ०७:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App