१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

एकैदेशका दाजुभाइमाथि गरिएको थिचोमिचोले मुलुक ओरालोतिर लाग्छ: रञ्जिता श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले एकैदेशका दाजुभाइमाथि गरिएको थिचोमिचोले मुलुक उकालो नभई ओरालोतिर लागेको बताएकी छिन्।

बिहिबार फेसबूकमा सुदूरका ७ सांसदको फोटो राखेर उनले आफ्नो देश समृद्धिमा पुगोस् भन्ने चाहना भएको बताउँदै एकैदेशका दाजुभाइमाथि गरिएको थिचोमिचोले मुलुक ओरालोतिर लाग्ने बताएकी हुन्।

श्रेष्ठले लेखेकी छिन्, ‘आफ्नो देश समृद्धिमा पुगोस् कसको चाहना हुन्न र तर एकैदेशका दाजुभाइ माथि गरिएको थिचोमिचोले मुलुक उकालो होईन ओरालोतिर लाग्छ।’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले  आज विश्वासको मत लिँदै छन्। तर अहिले नाउपाका सबै प्रदेश सांसदहरु काठमाडौंमा रहेको बताइएको छ।

रञ्जिता श्रेष्ठको स्टाटस

हार्नेहरुले हो आत्मसमर्पण गर्ने १ योद्धाहरु त सहिद भएर मर्छन् तर परिचय मर्न दिँदैनन्। आफ्नो देश समृद्धिमा पुगोस् कसको चाहना हुन्न र तर एकैदेशका दाजुभाइ माथि गरिएको थिचोमिचोले मुलुक उकालो होईन ओरालोतिर लाग्छ। देश मागेर बिद्रोह हाम्रो माग होईन,मुलुक समृद्धिका लागि समानुपातिक सहभागिता लक्ष्य हो। हिजो आयातितले बजार धान्थे आज हामी आफै सक्षम छौँ। सतहमा दर्‍हो पिल्लर छ,भुकम्पले समेत हल्लाउन नसक्ने पिल्लरमा दुइचार घन दुस्साहस मात्रै हो। भलो यसैमा छ,मुलुकिय तलामा तपाईंको पनि साथ रहोस् अनि त चुलिएको महलबाटको दृश्याङ्कन फटिक नजरमा कति सुहाउलान है रुरु श्रमले मुलुक समृद्धिशाली बन्छ आश्वासित शब्दले होइन।

जय नागरीक

प्रकाशित: २६ माघ २०७९ ०६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App