२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल ओली भेट्न बालकोट पुगे

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।  

बुधबार बिहान  प्रधानमन्त्री दाहाल ओली निवास बालकोट पुगेका हुन्। बालकोटमा भएको भेटवार्तामा राष्ट्रपति निर्वाचन, सरकार सञ्चालन र समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ।

एक महिना पछाडि राष्ट्रपतिको निर्वाचन हुँदैछ। सरकार गठनका बेला एमाले र माओवादी केन्द्रबीच प्रधानमन्त्री माओवादीले र राष्ट्रपति एमालेले लिने सहमति भएको थियो। तर पछिल्लो समय प्रधानमन्त्री दाहाल राष्ट्रिय सहमतिमै राष्ट्रपति बनाउनुपर्नेमा जोड दिँदै आइरहेका छन्। दाहालको यो अभिव्यक्तिले एमाले सशंकित बनेको छ।

प्रकाशित: २५ माघ २०७९ ०३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App