coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री समक्ष रास्वपा मन्त्रीहरुले बुझाए राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले राजीनामा बुझाएका छन्। आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री समक्ष रास्वपा मन्त्रीहरुले राजीनामा बुझाएका हुन्।

रास्वपाबाट सरकारमा सहभागी भएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका छन्।

आइतबार बसेको रास्वपाको केन्द्रीय समिति र स‌सदीय दलको स‌‌युक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो। 

प्रकाशित: २२ माघ २०७९ १४:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App