एमाले सचिव एवम् प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले एमालेले प्रस्ताव गर्ने राष्ट्रपति उम्मेदवारलाई अरु दलले पनि समर्थन गर्ने विश्वास लिएका छन्।
उनले सभामुख र राष्ट्रिय सभाका उपाध्यक्षजस्ता पदमा सहमति भइरहेको बेला राष्ट्रपति र उपराष्ट्रपतिमा पनि गठबन्धन कायम रहने उनले दाबी गरे।
प्रेस चौतारी ताप्लेजुङद्धारा आयोजित २५ औं स्थापना दिवस तथा पुरस्कार र सम्मान कार्यक्रममा बोल्दै भट्टराईले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई विवादमा तान्न नहुने बताए।
राष्ट्रपति सम्मानित संस्था भएकोले कसैले कुनै राजनीतिक दलको घेरामा ल्याएर विवादित बनाउन नहुने उनको भनाई थियो। भट्टराईले मुलुकको दीर्घकालीन विकास र समृद्धिका लागि स्थायी सरकार र सदन आवश्यक हुनेमा जोड दिए।
प्रकाशित: २२ माघ २०७९ १४:०४ आइतबार





