राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आज आफ्नो विरुद्ध आएका तमाम टिकाटिप्णी र आरोपमा स्पष्टिकरण दिएका छन्। पार्टी कार्यालय बसुन्धारामा भएको पत्रकार सम्मेलनमा उनले आफूविरुद्ध लागेका आरोपकोबारे बोल्दै आफूलाई मिडियाले चौतर्फी घेरेको गुनासो गरे।
पत्रकार सम्मेलनमा धेरै समय मिडियाविरुद्ध बोलेका रविले आफूलाई मिडियाले नै आजको हालतमा पुर्याएको बताए। केही मिडिया हाउस तथा पत्रकार सम्पादकको नामसमेत लिएर उनले 'कन्फ्लिक्ट अफ इन्ट्रेष्ट' मिडियाले आफैं देखाएको बताए।
केही उदाहरणसमेत दिएका रविले नेपालका मिडियाविरुद्ध बोल्न सक्ने हिम्मत कसैको नभएको दाबी गरे। मिडियाप्रति ठुलो गुनासो गरेका रविले आफ्नो आक्रोश पोखेपछि अन्तमा अब आफूलाई आनन्द भएको प्रतिक्रिया दिए।
प्रकाशित: २२ माघ २०७९ १७:३७ आइतबार