१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

नेपालको मिडियाले ‘लेबल’ गुमाइसकेको छः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली पत्रकारिताको ‘लेबल’ गुमाएको बताएका छन्।

उनले आइतबार विशेष पत्रकार सम्मेलन भने, ‘तपाईहरुलाई लाग्यो होला यसले कस्तो कुरा गरेको भन्ने। कस्तो तल्लो लेबलको कुरा गरेको होला भन्ने लाग्यो होला।’

सभापति लामिछानले नेपाली पत्रकारिताले आफ्नो ‘लेबल’ गुमाएको दाबी गरे। ‘मैले लेबल सिकाउन मैले भन्नै पर्ने भयो’, उनले भने।

लामिछाने अन्नपूर्ण, कान्तिपुर, सेतोपाटी, बाह्रखरीलगायतका सम्पादक तथा प्रकाशकहरु माथि खनिएका थिए। 

मिडियाहरुले चार वर्षको अगाडीको एजेण्डा उठाएर आफ्नो र पार्टीको उपलब्धीमा अवरोधहरु सिर्जना गरेको आरोप उनले निरन्तर लगाइरहेका थिए।

प्रकाशित: २२ माघ २०७९ ११:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App