राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गरिरहेका छन्। उनले आफ्नो बहिर्गमनबारे पत्रकारलाई जानकारी दिइरहेका छन्। उनले आफूलाई मिडियाले चौतर्फी प्रहार गरेको बताएका छन्।
पत्रकारमाझ उनले आफूलाई खासगरी मिडियाले नै चारैतिरबाट प्रहार गरेको बताए। उनले भने, 'मेरो अपराध के हो ? १२ भाइ सम्पादकले चौतर्फी प्रहार गरे’। आफूविरुद्ध बारम्बार ठुला ठुला हेडलाइन बनाएर समाचार बनाएको उनको आरोप छ। मिडियाले नै स्वार्थ बाँझिने कुरा गरेका तर आफूविरुद्ध भने सबै मिडिया खनिएको उनको दाबी छ।
'अनलाइन, कान्तिपुरमा सही आएको छ ?,' उनको आक्रोश थियो, 'कन्फ्लिक्ट अफ इन्ट्रेष्ट के हो ? देश चलाउने हो भने मसँग चुनाव लड्न आउनुस् !'
प्रकाशित: २२ माघ २०७९ १६:३६ आइतबार