१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

ओलीलाई विश्वप्रकाशको प्रश्न: तपाइ 'कांग्रेस फोबिया' बाट कहिले मुक्त हुने ?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीललाई कांग्रेसको फोबियाबाट कहिले मुक्त हुने भन्दै प्रश्न गरेका छन्।

आइतबार ओलीले संसदको विशेष समयमा बोलिसकेपछि शर्माले ट्वट गर्दै ओलीललाई कांग्रेसको फोबियाबाट कहिले मुक्त हुने भन्दै प्रश्न गरेका हुन्।

उनले लेखेका छन्,'प्रथम रास्ट्रपतिको चुनाव जित्दैगर्दा पनि काँग्रेस प्रतिपक्षमै थियो। अत बुझ्नेका लागि यो प्रक्रिया लोकतान्त्रिक अभ्यास, नबुझ्नेका लागि 'ढोक्सा' ! श्रद्देय कमरेड केपी शर्मा ओली 'काँग्रेस फोबिया' बाट तपाईं कहिले मुक्त हुने?'

त्यस्तै उनले संसद कसैको पनि कुण्ठा, आक्रोश र गाली व्यक्त गर्ने मञ्च नबनाउन आग्रह गरेका छन्। संसदलाई विचार र विकासको जिम्मेवार बहसको थलो बनाउनुपर्ने उनको भनाइ छ। 

आइतबार संसदको विशेष समयमा ओलीले कांग्रसमाथि कटाक्ष गरेका थिए। 

प्रकाशित: २२ माघ २०७९ ०९:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App