१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

आर्थिक संकटका बेला मन्त्रीहरुले गाडी पुरानो भयो भनिरहेका छन्ः सांसद गुरुङ

नेपाली  कांग्रेसका सांसद तथा उपसभापति धनराज गुरुङले देश भयानक आर्थिक संकटबाट गुज्रिरहेका बेला ‘मन्त्रीहरुले आफू चढने गाडी पुरानो भयो नयाँ गाडी पाँउ’ भनिरहेको उल्लेख गर्दै आलोचना गरको छन्।

आइतबार संसद बैठकको विशेष समयमा बोल्दै उनले भने, ‘लोक भयानक आर्थिक संकट उन्मूख छ। हामी ठूला सपनाहरु बाढिहरको छौं। व्यवसायीहरु धरापमा परिरहेका छन्। नागरिकले दिन दहाडै आत्मदाह गरिरहेका छन्।’  

कांग्रेसमा उपसभापति समेत रहेका गुरुङले भने, ‘तर हाम्रा मन्त्रीहरुले पुरानो गाडी भयो, नयाँ गाडी पाँउ भनिरहेका छ।’

उनले मन्त्री र प्रधानमन्त्री पदका लागि छिनाझम्दी गरिहेकै छन्। ‘नेपालीमा एउटा उखान छ, जुन जोगी आएपनि कान छेडेका। हाम्रो कान अलिअलि छडिएको थियो। तर नयाँहरुको अवस्था पनि त्यस्तै देखियो’, गुरुङले भने। उनले नेता आफै बदलिन आवश्यक भएको बताए। ‘सोच बदलेर नेता आफै बदलियो भने मात्र देश बदलिन्छ’, गुरुङले भने।

प्रकाशित: २२ माघ २०७९ ०८:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App