१६ चैत्र २०८० शुक्रबार
राजनीति

हाजिर गरेर सांसद अाइएनजिअाेकाे कार्यक्रममा, संसदमा काेरम पुगेन

काठमाडौं–सांसदहरु संसद भवनमा हाजिर गरेर आइएनजिओको बैठकमा  भाग लिन गएपछि संसदमा कोरम नपुगेर महत्वपूर्ण विधेयक पारित हुन सकेन। शुक्रबार बसेको व्यवस्थापिका संसद बैठकमा महत्वपूर्ण तीनवटा विधेयक पारित गर्ने कार्यसूचि थियो।

बैठक सुरु हुनासाथ नेपाल मजदुर किसान पार्टीका सांसद डिल्ली काफ्लेले नियमापत्ति जनाउँदै गणपूरक संख्या नभएको जनाएका थिए। लगत्तै सभामुख ओनसरी घर्तीले तीन मिनेट जनाउ घण्टी बजाएर सांसदको गणना गर्न आदेश दिइन्।

सो अवधिमा सांसदको गणना गर्दा जम्मा १२६ जना सांसदमात्र बैठक हलमा उपस्थित थिए। संसद बैठक सुचारु गर्न कुल १४९ सांसद आवश्यक पर्छ ।  अहिले व्यवस्थापिका संसदमा ५९५ सांसद छन्। केही सांसद जनाउ  घण्टी बझ्दा संसद भवन परिसमा थिए। उनीहरु भित्र पस्न ढिला गरेपछि बैठकमा कोरम नपुगेको हो। जनाउ घण्टी बझ्दा सांसदहरु राजन भट्टराई, सरिता प्रसाईं, फरमुल्लाह मनसुर,  राजीवविक्रम शाहीलगायतका सांसद संसद परिसर भित्रै थिए। संसदभित्र जनाउ घण्टी बजेपछि बैठक हलमा रहेका सरकारका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासमेत बाहिर निस्किएका थिए।

संसद भवनमा ठूलो संख्यामा सांसहरु पुगेका थिए। तर उनीहरु हाजिर गरेर एक आइएनजिओको कार्यक्रममा भाग लिन बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्ट पुगेका थिए। नेशनल डेमोक्रेटिक इन्ष्टिच्यूट (एनडिआइ) अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको कार्यक्रममा भाग लिन अधिकांश सांसद पार्क भिलेज पुगेका थिए। उनीहरुलाई लिन एनडिआईको भ्यान संसद भवनभित्रै आएको थियो।

संविधानमा ओसोज तीनगते भित्र उच्च अदालत गठन गरिसक्नुपर्ने व्यवस्था भएका कारण आजको बैठकमा सोसम्बन्धी तीनवटा विधेयक पारित गर्ने कार्यसूचि थियो। न्याय प्रशासन विधेयक,  न्यायपरिषद विधेयक तथा न्याय सेवा आयोग विधेयक पारित गर्ने कार्यसूचि भएपनि गणपूरक संख्या नपुग्दा संसद बैठक यही २७ गतेसम्मका लागि स्थगित भएको छ।

 

प्रकाशित: २४ भाद्र २०७३ ०७:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App