१५ चैत्र २०८० बिहीबार
राजनीति

‘अप्ठेरोमा परें’

फाइल तस्बिर।

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयको अडान राख्दा आफू र सत्ता गठबन्धनलाई अप्ठेरोमा पारेको बताएका छन्। पार्टी कार्यालय कोटेश्वरमा बिहीबारको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले रास्वपा र अन्य सत्ता साझेदार दलको अडानका कारण आफू अप्ठेरोमा परेको धारणा राखेका हुन्।

आन्तरिक छलफलका लागि आफूलाई केही समय आवश्यक रहेको भन्दै दाहालले बैठक स्थगित गर्न प्रस्ताव गरेका थिए। एमाले अध्यक्ष केपी ओली, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षसमेत रहेका उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले समेत रास्वपालाई गृह मन्त्रालय दिन अडान राखेको जानकारी दिएका थिए। ‘रवि (रास्वपा सभापति रवि लामिछाने) लाई गृहमन्त्री दिन सकिने अवस्था छैन,’ माओवादी एक नेताले भने, ‘ओली (एमाले अध्यक्ष केपी ओली) को दबाब पनि छँदैछ। भोलिसम्म हेरौं।’

नागरिकता प्रकरणका कारण उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका लामिछानेले नेपाली नागरिकता लिएपछि आफूलाई पुनः गृहमन्त्री बनाउनुपर्ने भन्दै दबाब दिइरहेका छन्। तर पार्टी केन्द्रीय कार्यालयबाट फर्कने क्रममा प्रधानमन्त्री दाहालले सञ्चारकर्मीसँग भने सत्ता गठबन्धन कायमै रहने बताएका थिए। रास्वपाले समर्थन फिर्ता नलिने बताउँदै दाहालले भने, ‘फिर्ता लिनुहुन्न मैले बुझेसम्म, केही हुँदैन।’

प्रकाशित: २० माघ २०७९ ००:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App