८ वैशाख २०८१ शनिबार
राजनीति

उपसभामुखले प्रतिनिधिसभाको बैठक प्रारम्भ र स्थगन गर्न पाउने

प्रतिनिधिसभाको बैठकको प्रारम्भ र स्थगन गर्न पाउने अधिकार उपसभामुखलाई पनि हुने व्यवस्था राखेर नियमावली संशोधन गर्न सहमति जुटेको छ। 

प्रतिनिधिसभाको नियमावली २०७५ लाई संशोधन गर्नका लागि गठन भएको नियमावली मस्यौदा समितिको बैठकमा उपसभामुखलाई पनि बैठकको प्रारम्भ र स्थगन गर्न सक्ने व्यवस्था राखिएको छ। संविधानको धारा ९१ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाको सभामुखको अनुपस्थितीमा उपसभामुखले प्रतिनिधिसभाको अध्यक्षता गर्नेछ भनिएको छ। तर, प्रतिनिधिसभाको नियमावलीमा उपसभामुखलाई बैठकको प्रारम्भ र स्थगत गर्न पाउने व्यवस्था राखिएको थिएन। प्रतिनिधिसभाको नियमावली २०७५ को नियम ६ को उपनियम ४ मा सभामुखले प्रत्येका बैठकको प्रारम्भ तथा स्थगनको घोषणा गर्नेछ भनिएको छ। राष्ट्रियसभा नियमावली २०७५ मा भने अध्यक्ष नभए वा अध्यक्षले आदेश दिएमा उपाध्यक्षले पनि बैठकको प्रारम्भ र स्थगन गर्न पाउने व्यवस्था गरेको थियो। तर, राष्ट्रियसभामा व्यवहारमा यो कुरा धेरै प्रयोग नभएको संसद् सचिवालयका अधिकारी बताउँछन्।

प्रतिनिधिसभाको नियमावली संशोधन प्रस्तावमा कावु बाहिरको परिस्थितीमा वा सभामुखले लेखेर दिएमा उपसभामुखले प्रारम्भ र स्थगन गर्न पाउने व्यवस्था राखिएको छ। यसैगरी, प्रतिनिधिसभाको बैठक राखेको समय दुई घण्टा कटेमा सूचनापत्रबाट बैठक स्थगित गर्ने व्यवस्था थियो। अहिले त्यो समयलाई एक घण्टामा झारिएको छ। यसैगरी, कार्यव्यवस्था समिति पदेन सदस्य बाहेक २१ सदस्यीय बनाइएको छ। यसअघि पदेश सदस्य बाहेक १७ सदस्यीय कार्य व्यवस्था परामर्श समिति थियो।  

यसैगरी, प्रतिनिधिसभाको नियमावली २०७५ बमोजिम प्रतिनिधिसभाको बैठक कार्यबोझलाई ध्यानमा राखी यस नियमावलीको अधिनमा रही सभामुखले तोकेका दिनमा बस्नेछ। सभामुखको अन्यथा आदेश दिएमा बाहेक समान्यतया दिनेको एक बजे बैठक प्रारम्भ हुनेछ। तर, निर्धारित समयबाट दुई घण्टासम्म पनि प्रारम्भ हुन नसकेमा यसअघि शून्य र विशेष समयको सम्बन्धित मन्त्रीले पाँच दिनभित्र जवाफ दिनुपर्ने व्यवस्थालाई सात दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था गरिएको छ। संसदको कार्यसुची दैनिक कार्यसूची विद्युतीय सञ्चार माध्यमबाट दिनेछ।

प्रकाशित: १७ माघ २०७९ ०१:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App