coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्री पौड्याल बिहीबार श्रीलङ्का जाने

परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएकी छन्।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको श्रीलङ्काको भ्रमणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो। 

परराष्ट्रमन्त्री भएपछि यो उनको पहिलो विदेश भ्रमण हो। उनी श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसका अवसरका कोलोम्बोमा आयोजना हुने विशेष समारोहमा अतिथिका रुपमा सहभागी हुन त्यसतर्फ जान लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित: १६ माघ २०७९ १६:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App