२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकारलाई विश्वासको मत दिँदैमा काँग्रेस विपक्षी दलबाट कट्टा हुँदैनः बिडारी

राष्ट्रियसभाका पूर्वसांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संविधानले विपक्षी दलको व्याख्या नगरेको बताएका छन्।  

शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपक्षी दलले सरकारको समर्थन गर्नै हुँदैन भन्ने हिसाबबाट बुझ्न नहुने बताए।  

सरकारलाई सबै दलले समर्थन गर्नुलाई राजनीतिक दलहरुले विपक्षीरहित बनाउने उद्देश्यका साथ गरिएको व्याख्या भएको बिडारीले बताए। उनले संविधानले विपक्षी नेताको व्याख्या गरेको भए पनि विपक्षी दलको व्याख्या नगरेको बताए।  

उनले भने, ‘सरकार उसले गठन गरिदिएको भए त्यो विपक्षी हुँदैन थियो। सरकार गठन भइसक्यो, तिमीलाई मेरो यति वर्षका लागि समर्थन छ भनेको न हो। यसलाई विपक्षीरहित बनाउने उद्देश्यका साथ राजनीतिक दलले गरेको व्याख्या हो। संविधानले विपक्षी दलको व्याख्या गरेको पनि छैन। अरु कानुनमा पनि हेरियो छैन। विपक्षी दलको व्याख्या कतै पनि छैन, नेताको व्याख्या छ। विपक्षी दल भनेको को हो? व्याख्या छैन। सरकारको विश्वास गरेको भन्दैमा विपक्षी दल हुनुबाट कट्टा हुन होइन।’

नेपाली कांग्रेस सरकारलाई विश्वासको मत दिँदैमा विपक्षी दलबाट कट्टा नहुने उनको जिकिर छ। गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसद्का अधिकांश दलहरुले विश्वासको मत दिएका थिए।  

नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले भने प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थिएन।  वरिष्ठ अधिवक्ता बिडारीले नेपालको मिश्रित प्रणालीको चुनावलाई पूर्णसमानुपातिक वा पूर्णप्रत्यक्ष बनाउनुपर्ने बारेमा छलफल गर्नुपर्ने आवश्यक्ता रहेको बताए। 

प्रकाशित: १४ माघ २०७९ ११:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App