६ वैशाख २०८१ बिहीबार
राजनीति

मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा बिरेन्द्र ठाकुर सिफारिस

मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा बिरेन्द्र ठाकुर सिफारिस भएका छन्। मुख्य न्यायाधिवक्तामा ठाकुरको नाम मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश प्रमुख हरिशंकर मिश्र समक्ष सिफारिस गरिसकेका छन्।

प्रदेशको मुख्य न्यायाधिवक्तामा ठाकुरको नाम प्रदेश प्रमुख समक्ष सिफारिस भइसकेको मुख्यमन्त्री यादवले जानकारी दिए। उनले भने ‘भोलि प्रदेश प्रमुखले उनको नियुक्तिसँगै पद तथा गोप्यनियताको सपथ ग्रहण गराउने तयारी रहेको छ।’

मुख्यमन्त्री यादवले मुख्य न्यायाधिवक्तामा ठाकुरको नाम सिफारिस गरेपछि प्रदेश प्रमुखको सचिवालयले शुक्रबार नै उनको नियुक्ति र शपथ ग्रहण गराउने तयारी गरेको थियो।  

तर मुख्यमन्त्री यादव सो कार्यक्रममा सहभागी हुन नसक्ने बुझेपछि शुक्रबारको कार्यक्रम रद्द गरिएको थियो। 

मुख्य न्याधिवक्तामा नियुक्त हुन लागेका ठाकुर सिरहा जिल्लाका हुन्। प्रदेशमा न्यायाधिवक्ताको सेवा सुविधा राज्य मन्त्री सरह हुने व्यवस्था छ। यसअघि मधेश प्रदेशको न्यायाधिवक्तामा महोत्तरीका दीपेन्द्र झा थिए।  

मंसिर ४ गते भएको निर्वाचनमा उनले महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ को ुकुबाट उम्मेदवारी दिएका थिए। निर्वाचनमा पराजित भएपछि उनी पुनः कानून व्यवसायमै फर्किएका थिए।

प्रकाशित: १४ माघ २०७९ ०३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App