१९ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

प्रहरी प्रशासन छिट्टै प्रदेश मातहत ल्याउछौ: कानुनमन्त्री श्रेष्ठ

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले प्रहरी र प्रशासनलाई प्रदेश माताहत ल्याइने बताएका छन्।

प्रहरी र प्रशासनलाई प्रदेश माताहत ल्याउन कानुन बनिसकेकाले त्यसलाई चाडो भन्दा चाडो प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यन्वयनमा लैजाने भएकाले प्रहरी प्रशासन बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रालय अन्र्तगत सञ्चालन हुने दावी गरे।

उनले प्रदेशमा आफूले सम्हालेको मन्त्रालय पावरफुल मन्त्रालय भएको भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश सरकारको दोस्रो बरियतामा रहेको बताए।

मुख्यमन्त्री बाहेकका अन्य दश मन्त्रालय काम गर्न सबै बराबर हैसियतमा हुन्छ माओवादी पार्टी कार्यलय सिन्धुलीमा पत्रकाहरुसँग कुराकानी गर्दै मन्त्री श्रेष्ठले भने,'कामको जिम्मेवारी बाडफाड हो विकासे मन्त्रालय र अन्य मन्त्रालय भनेर भेदभाव हुदैन।'

क्षेत्राधिकारको हिसाबले धेरै ठूलो मन्त्रालय भएको भन्दै प्रदेशको गृह मन्त्रालयनै भएको र कानुन र सञ्चार मन्त्रालयको काम समेत आन्तरिक मामिला मन्त्रालयबाटै हुने भएकाले ठूलो क्षेत्राधिकार भएको उनको भनाइ छ। बागमती प्रदेश सरकारले मन्त्री परिषद् विस्तार गरिसकेको र सबै मन्त्रीहरुले जिम्मेवारी सम्हालेकाले चाडै मन्त्री परिषद्को बैठक बस्ने र बागमती प्रदेशका १३ जिल्लामै विकास निर्माण र प्रशासनिक कामहरु तिब्र गतिमा अगाडी बढाउने मन्त्री श्रेष्ठले जानकारी दिए। उनले आफू सिन्धुली जिल्लाको भएकाले सिन्धुली जिल्ला आफ्नो प्राथमिकतामा पर्ने दावी गरे।  

सिन्धुली जिल्लाले राजनीतिक योगदान र युद्धमा बलिदान धेरै ठूलो गरेको भन्दै मन्त्री श्रेष्ठले आफू र पार्टीले गरेको प्रतिवद्धता सबै पुरा गर्न नसके पनि गर्न सक्ने जति काम गर्ने प्रतिवद्धता गरे। राजनीतिक योगदान र युद्धमा बलिदान गरेको जिल्ला भए पनि सिन्धुली जिल्ला बत्ति मुनिको अध्यारो जिल्ला भएको आम नागरिकको गुनासो रहेको र अब त्यो गुनासो गर्नु नपर्ने गरि काम गर्ने उनले बताए।  

प्रकाशित: १२ माघ २०७९ १४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App