१४ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

सत्यको बाटोमा हिँड्न कार्यकर्तालाई ओलीको निर्देशन

फाइल तस्बिर।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई सत्यको बाटोमा हिँड्न निर्देशन दिएका छन्।

एमाले पार्टी मुख्यालयमा स्कुल विभागले आज यहाँ आयोजना गरेको विशेष अनुशिक्षण कार्यक्रममा उनले एमाले पार्टी सत्य र इमानमा विश्वास गर्ने पार्टी भएकाले नेता तथा कार्यकता पनि सत्यको बाटोमा हिँड्नुपर्ने बताए। उनले नेता तथा कार्यकर्तालाई छलछाम र चलाखीको बाटो नलिनसमेत आग्रह गरे।

'हामीले सत्यको बाटो लिने हो। छलछामको बाटो लिने होइन। चलाखीको बाटो होइन। इमानको बाटो लिने हो', उनले भने, 'हामी अनुशासित ढङ्गले अगाडि बढ्छौँ। एमालेपन भनेको अनुशासित हो।' 

एमाले पार्टी सत्यसँग कहिल्यै नलड्ने, शक्तिसँग नझुक्ने भन्दै उनले सत्यसँग बाझिएको शक्ति छ भने हामी त्यस्तो शक्तिसँग नझुक्ने बताए।

प्रकाशित: ११ माघ २०७९ १३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App