१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीतालाई पहिलो प्राथमिकतामाः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले जनताप्रतिको उत्तरदायित्व र जवाफदेहीतालाई पहिलो प्राथमिकतामा राखेर सभामुखको भुमिका निर्वाह गर्ने बताएका छन्।  शनिबार प्रतिनिधि सभाको बैठकमा आफूलाई सभामुखमा निर्वाचित गराएकोमा धन्यवाद व्यक्त गर्दै यस्तो बताएका हुन्।  

उनले बहुदलिय व्यवस्थामा राजनीतिक दलहरु नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको भन्दै दलहरुको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसदको गतिशीलता र क्रियाशीलता निर्भर रहने बताए। उनले सांसदहरुलाई असल संवैधानिक र संसदीय अभ्यास अँगाल्न आग्रह गरे। उनले वगतको राजनीतिक सक्रियता र संलग्नतालाई थाती राखेर सभामुखको पदीय मर्यादा र भूमिकालाई सदा सदा गरिमायुक्त बनाउनु आफ्नो पहिलो दायित्व भएको बताए। उनले संसदीय अभ्यासका क्रममा विकसित गरेका असल अभ्यासहरु को अनुसरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, ‘नेपालको संविधानले अंगिकार गरेका मुलभुत मान्यताहरुको संरक्षण, संवद्र्धन र विकास गर्दै संविधानवाद र कानूनको शासनप्रति प्रतिवद्ध रहेर नै हामीले अंगिकार गरेको संसदीय व्यवस्थालाई सुदृढ र सक्षम बनाउने कर्तव्यप्रति हामी सबै प्रतिवद्ध रहेको तथ्यमा विवाद हुन सक्दैन। यो प्रतिनिधि सभाको हालसम्म अध्यक्षता गर्नुहुने ज्येष्ठ सदस्य माननीय पशुपति शम्शेर जबरालाई धन्यवाद ज्ञापन गर्न चाहन्छु।’

सभामुख घिमिरेले प्रतिनिधि सभा सांसदहरुलाई सभामा प्रश्तुत हुँदा रचनात्मक र क्रियात्मक सहयोग, सहभागिता र संलग्नताको लागि आग्रह गरे।

प्रकाशित: ७ माघ २०७९ ०८:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App