६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

पर्यटनमन्त्रीद्वारा थप हवाई रुट उपलब्ध गराउन भारतलाई अनुरोध

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाललाई थप हवाई प्रवेश (रूट) मार्ग उपलब्ध गराउन भारतसँग अनुरोध गरेका छन्।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आज नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गरेका भेटवार्ताका क्रममा मन्त्री किराँतीले सिमरामा रहेको नेपालको एक मात्र हवाई मार्गको अधिक चाप बढेको भन्दै थप हवाई प्रवेश मार्गका लागि अनुरोध गरेका उनको निजी सचिवालयले जनाएको छ।

जवाफमा राजदूत श्रीवास्तवले नेपाली जनता र नेपालको हितमा भारत सधैँ सकारात्मक रहेको प्रतिक्रिय दिए। नेपालमा अहिले अन्तर्राष्ट्रिय उडानका विमान सिमरा बिन्दुबाट मात्र नेपाल प्रवेश गर्न पाउछन्। नेपालले लामो समयदेखि भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरबाट विमान प्रवेश गर्न सक्ने गरी रुट माग गर्दै आएको छ।

प्रकाशित: ६ माघ २०७९ १६:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App