नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका समेतलाई कुनै एउटा ठाँउबाट निर्देशन दिने प्रवृत्तिबाट आफुहरु झस्किएको बताएका छन्।
उनले बिहीबारको संसद बैठकमा नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सभामुखकी उम्मेदवार ईश्वरी देवी न्यौपानेका लागि मत माग्दै यस्तो अभिव्यक्ति दिएका हुन्।
‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका समेतलाई कुनै एउटा ठाँउबाट निर्देशन दिने संस्कृतिबाट हामी झस्किएका छौं। त्यसैले नेपाली काँग्रेसकी उम्मेदवार ईश्वरी देवी न्यौपानेलाई सभामुखमा मतदान गर्नुहोला’, नेता निधीले भने। उनको अभिव्यक्ति एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित थियो।
प्रकाशित: ५ माघ २०७९ ०७:१५ बिहीबार



