१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सभामुखका लागि आज मनोनयन दर्ता

फाइल तस्बिर।

प्रतिनिधि सभाको सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ।

संघीय संसद सचिवालयले बुधबार दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताका लागि समय दिएको छ।  

मनोनयन दर्ता भएपछि आजै अपराह्न सवा ४ बजे उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्ने संघीय संसद सचिवालयले जनाएको छ। सभामुखको निर्वाचन भने बिहीबारको प्रतिनिधि सभा बैठकमा हुनेछ।

संवैधानिक व्यवस्था अनुसार संघीय संसद बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधि सभा सदस्यमध्येबाट सभामुख चयन गर्नुपर्ने हुन्छ।

सत्ता गठबन्धनमा सभामुख नेकपा एमालेको भागमा परेको छ। एमाललेले देवराज घिमिरेलाई सभामुखको  उम्मेदवार बनाउने तयारी गरेको बताइएको छ।

प्रकाशित: ४ माघ २०७९ ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App