१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मधेस प्रदेशको सभामुख एमालेका रामचन्द्र मण्डल चयन

मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन्।

मंगलबार भएको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट सभामुख पदमा उम्मेदवारी दिएका जंगीलाल रायलाई पराजित गर्दै उनी सभामुखमा निर्वाचित भएका हुन्।

मत विभाजन एवं हस्ताक्षर मार्फत भएको निर्वाचनमा मण्डलको पक्षमा ७४ मत परेको छ भने रायको पक्षमा २९ मत परेको छ। प्रदेशसभामा १ सय ३ सांसदको उपस्थित रहेको थियो।

माओवादी केन्द्रका संसदीय दलको नेता भरतप्रसाद साह प्रस्तावक र एमालेको सरोजकुमार यादव,जसपाका रामअशिष यादव, जनमतका महेशप्रसाद यादव र लोसपाकी रानी कुमारी तिवारीको समर्थनमा मण्डलले सभामुखमा उम्मेदवारी दर्ता गराएका थिए। त्यस्तै कांग्रेसका राय कुमरकान्त झाकोे प्रस्ताव र जिवछी कुमारी यादवको समर्थनमा उम्मेदवारी दिएको थियो।

प्रदेशसभामा एमालेका २३,कांग्रेसका २२,जसपा १६,जनमतका १३ लोसपाका र माओवादी केन्द्रका ९/९ र नेकपा (एस) का ७ सांसद छन्। त्यस्तै नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका र नागरिक उन्मुक्ति पार्टीका एकएक जना सांसद छन्। पाँचजना स्वतन्त्र सांसद रहेको छ।

प्रदेशसभामा कुल १०७ सदस्य रहेको छ। दुईजना सदस्यले मतदान गर्न पाएको छैन्। नेकपा माओवादी केन्द्रका दुई समानुपातिक सांसदलाई सर्वोच्च अदालतले सपथ ग्रहणबाट रोक लगाएपछि उनीहरु सांसदको कामकारबाहीमा सहभागी हुनबाट बंञ्चित भएको छ।

प्रकाशित: ३ माघ २०७९ ११:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App